काठमाडौं । पेशी व्यवस्थापनका लागि हाल अपनाइएको गोला प्रक्रियाको पुनर्विचार गर्ने विषयमा कुनै योजना नरहेको सर्वोच्च अदालतले स्पष्ट पारेको छ ।
बुधबार सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले विज्ञप्ति जारी गरेर यस विषयमा स्पष्ट पारेका हुन् ।
केही समयअघि नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले गोला हटाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए । उनले गोला हटाइएमा कसरी आन्दोलन हुने भन्नेबारे सोच्न पर्ने बताएका थिए ।
विज्ञप्तिमा भनिएको छ,‘दैनिक पेशी व्यवस्थापनका लागि अवल्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल नभएको तथा गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रूपमा कुनै धारणा समेत नरहेको हुँदा सञ्चारमामध्यम एवं सामाजिक संचालमा प्रक्राशित एवं प्रसारित समाचार एवं व्यक्त भएका धारणा तथ्यमा आधारित नभएको वेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’