आइतवार, श्रावण २४ गते २०८३

आगामी आर्थिक वर्षको बजेट शुक्रबार अपराह्न ४ बजे सार्वजनिक गरिने

बुधवार , जेठ १३, २०८३


काठमाडौं । आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट शुक्रबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । 

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३\०८४ को राजस्व र व्ययको वार्षिक अनुमान पेस हुने जानकारी दिए । बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नेछन् । 
 
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई दिउँसो ३ः४५ अगावै आएर आसनग्रहण गर्नका लागि सभामुखले सूचना सुनाए । बजेट प्रतिनिधिसभाका लागि निर्माणधीन कक्षबाट प्रस्तुत गर्ने तयारी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार