सोमवार, श्रावण २५ गते २०८३

कांग्रेसले कारवाही गरेपछि गुल्मीका दुई वडा अध्यक्ष पद रिक्त

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–२ र धुर्कोट गाउँपालिका–३ को वडाध्यक्ष पद रिक्त भएको छ । ति वडाका अध्यक्षलाई कांग्रेसले कारबाही गरेपछि पद रिक्त भएको हो । 


निर्वाचन आयोगले बिहीबार सूचना जारी गरेर यसबारे जानकारी गराएको हो । जनीतिक दल सम्बन्धी ऐन र नियमावली अनुसार दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । उनीहरु २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । 

उनीहरुले हाल दल त्याग गरिसकेका छन् । जनप्रतिनिधहरू अन्य दलमा प्रवेश गरेको भनी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको प्रतिलिपीसहित आयोगमा जानकारी हुन आएकाले निजहरु निर्वाचित भएको पद स्वत रिक्त भएको आयोगले जनाएको छ । 

election-commission-1779944008.png
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार