आइतवार, श्रावण २४ गते २०८३

स्कुल बसले किचेर चार वर्षे बालकको निधन

बिहिवार , जेठ १४, २०८३

झापा ।  झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत ४ वर्षीय छोरा आरोग्य चिमरियालाई किचेको हो । 

बसबाट घरमा ओराल्ने क्रममा बालक उत्रिन नपाउँदै बस अगाडि बढाउँदा उनी लडेर चक्कामुनि परेका थिए । साँझ करिब ५ बजे भएको उक्त दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि बस र चालक गौरादह–७ का ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ ।

बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । बुधबार साँझ भएको यस घटनाल् घटनाले स्थानीयवासीलाई स्तब्ध र आक्रोशित बनाएको छ । घटनापछि गाउँभर शोक छाएको छ ।

बालकको मृत्युले परिवार विक्षिप्त बनेको छ भने स्थानीयवासीले विद्यालय प्रशासन, चालक र सहचालकको लापरवाहीका कारण दुर्घटना भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

स्थानीयले दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । विद्यालयले बालबालिकाको सुरक्षामा विशेष ध्यान नदिए यस्ता दुर्घटना दोहोरिन सक्ने भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार