सोमवार, श्रावण २५ गते २०८३

को को तोकिए कांग्रेसको नीति प्रतिष्ठान अन्तर्गतका ७ विषयगत उपसमिति संयोजक

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७ विषयगत उपसमिति संयोजक चयन गरेको छ । पार्टीको विहिबार बसेको बैठकले संयोजक तोकेको हो ।

 विहिबार बसेको बैठकले निम्न व्यक्तिलाई संयोजक तोकेको छ । 

कुन उपसमितिको जिम्मा कसलाई ?

१) अर्थ योजना ः पार्टीको नीति, दृष्टि र योजना उपसमिति — प्रा. डा गोविन्दराज पोख्रेल
(निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारी लगायत समग्र वित्तीय क्षेत्र)

२) जलवायु परिवर्तन सचेतना उपसमिति – रोशनी गिरी
(हाम्रा हिमालहरूमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र वातावरण संरक्षण अभियानसम्म)

३) नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति – मीनबहादुर भाम
(जेनजी अघिको जेनजीदेखि पछिको ‘अल्फा’ र नागरिक समाजको प्रबुद्ध तहसम्म)

४) अनौपचारिक क्षेत्रका श्रमिक ः नीति र न्याय सम्बन्धी उपसमिति – महेन्द्र यादव

५) बाल अधिकार उपसमिति – उमंग लोहनी
(बाल श्रमको मुद्दादेखि समग्र बालबालिकाको हित संरक्षण अभियानसम्म)

६) सार्वजनिक सेवा प्रवाह ः नीति र थिती संवाद उपसमिति – गोपालप्रसाद पोख्रेल

७) गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमिति – अञ्जु झा

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार