सोमवार, श्रावण २५ गते २०८३

बिहीबर १५११ संक्रमित थपिए, ११ जनाको मृत्यु 

बिहिवार , भाद्र ३१, २०७८

काठमाडौं बिहीबार नेपालमा १ हजार ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षणमा ११ सय ६५ र ३ हजार ९७१ एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा ३४६ गरी जम्मा १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ रहेको छ। नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार