आइतवार, श्रावण २४ गते २०८३

युवा इन्जिनियरहरुलाई प्रोत्साहन गर्न त्रिवि र एयरवसविच सहमति

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र एयरवसविच विद्यार्थीहरुलाई इन्टरसिप गराउने, राष्ट्रीय अन्तरराष्ट्रीय सेमिनार तथा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा भएको सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानमा अध्ययरत विद्यार्थीलाई यो अवसर प्रदान गरिनेछ । 

सहमतिपत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशील बहादुर बज्राचार्य र एयरवसका अध्यक्ष जर्गन वेस्टरमेरले हस्ताक्षर गरे । सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशीलबहादुर बज्राचार्यले शिक्षालाई उद्योगसँग जोडने कार्यलाई निरन्तरता दिने बताए । 

यसंगरी एयरवसका अध्यक्ष  जर्गन वेस्टरमेरले नेपाल युवाशक्ति भएको गतिशिल देश भएको उल्लेख गर्दै उक्त अवसरलाई विकासमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे । त्रिवि र एयरवस विचको उक्त सहमतिले युवा इन्जिनियरहरुमा सैद्बान्तिक सँगै व्यावहारीक ज्ञान बढाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरे । नेपालका लागी फ्रान्सका राजदुत भर्गिनी कोर्टेवलले नेपालले नागरीक उड्ययनका क्षेत्रमा गुणस्तीय विकास गर्ने अपेक्षा गर्दै सहमतिलाई महत्वपूर्ण प्रारम्भको रुपमा उल्लेख गरे । 

कार्यक्रममा नेपाल नागरीक उड्ययन प्राधिकरणका कार्यकारी निर्देशक मुकेश डंगोलले समग्रदेशलाई जोडने र पर्यटनक्षेत्रलाई विस्तार गर्ने आधारस्तम्भ रहेको उड्ययन क्षेत्रलाई थप प्रतिस्पर्धी,व्यवस्थित र व्यावसायिक बनाउँदै जनताका आकांक्षाहरुलाई क्रमश सम्वोध गर्दै लैजाने बताए । 

प्रतिक्रिया
सम्बन्धित समाचार