सोमवार, श्रावण २५ गते २०८३

१९ औँ गणतन्त्र दिवस मनाईदैँ, टुडिखेलको कार्यक्रममा राष्ट्रपतिको सम्बोधन

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । नेपाली नागरिकको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको १८ वर्ष पूरा भएको छ । २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट २४० वर्षदेखि सत्तासीन राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको हो ।

गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाडौँ महानगरपालिकाले मञ्च सवाजट तथा कार्यक्रम व्यवस्थापनको तयारी सम्पन्न गरेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमितिको बैठक बसेर तयारीका लागि कामको जिम्मेवारी बाँडफाँड गरेको थियो । 

वैठकले, मूल समारोहमा झाँकी प्रदर्शनको व्यवस्थापन सम्पदा तथा पर्यटन विभागले गर्ने, कार्यक्रम स्थल वरिपरि, प्याराफिटको सरसफाइ, शौचालयको व्यवस्थापन काम वातावरण व्यवस्थापन विभागले गर्ने, कुर्सी, फूल, सजावटका सामान तथा सजावटको काम, पिउने पानी, विशिष्ट व्यक्तित्वका लागि आवश्यक सामानको व्यवस्थापन जिन्सी शाखाले गर्नेछ । 

हेलिकोप्टरबाट प्रदर्शन गरिने गणतन्त्र दिवस २०८३ लेखिएको ३४ मिटर लामो व्यानर, पुष्पवृष्टिका लागि फूल, प्याराफिटका दुवै तर्फ राखिने गणतन्त्र दिवस २०८३ लेखिएका १७ मिटर लम्बाईका २ थान कपडा व्यानर शाखाले नेपाली सेनालाई उपलब्ध गराउनेछ । 

शाखाले ८ जोडी परेवा, ५ सय वटा वेलुन, फूल र बुकेको व्यवस्था र मञ्च सजावटको काम गर्नेछ । १४ गते बेलुका माइतीघर मण्डलामा हुने दीप प्रज्वलनको व्यवस्थापन पनि शाखाले गर्नेछ । 

स्वास्थ्य विभागले प्राथमिक उपचार उपचारकाको व्यवस्था गर्नेछ । आकस्मिक उपचारका लागि एम्बुलेन्स तैनाथ राख्नेछ । विपद व्यवस्थापन विभागले कार्यक्रम स्थलमा दमकल तैनाथ राख्नेछ ।

गणतन्त्र दिवसको दिन शुक्रबार टुडिखेलमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पा्रडेलले सम्बोधन गर्नेछन् । कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च अधिकारीको पनि उपस्थिती रहनेछ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार