बुधवार, आश्विन १४ गते २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रवार , जेठ १५, २०८३


काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ १३ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय ४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ५८ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १ सय ९३ रुपैयाँ ६४ र बिक्रीदर १ सय ९४ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार