आइतवार, श्रावण २४ गते २०८३

पुर्वाधार प्राथमिकतका साथ आज ठूलो आकारको  बजेट ल्याइँदै

शुक्रवार , जेठ १५, २०८३


काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८३\८४को बजेट सार्वजनिक गदै । 
अर्थमन्त्री डा स्वर्मिम वाग्लेले बेलुुका ४ बजेट संसदमा आगामी आवको आय र व्यवको विवरण प्रस्तुत गदै छन । 
ठूलो आकारको बजेटको विरोध गर्दै आएका वाग्लेले नै स्रोत समितिले दिएको सीमा नाघेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् । राजस्व संकुचित भएको र वैदेशिक अनुदान आशातित रूपमा बढ्न नसकिरहेका बेला अर्थमन्त्री वाग्लेले राजस्व संकलनको महत्त्वाकांक्षी लक्ष्यसहित ठूलो आकारको घाटा बजेट ल्याउन लागेका हुन् । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष २०८३\८४ को बजेट सिलिङ (सीमा) १८ खर्ब ९० अर्ब रुपैयाँ तोकेको थियो । तर, त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङ बढाएर करिब साढे २१ खर्ब हाराहारीमा पुर्‍याएको छ । 
आगामी बजेटमार्फत सरकारले ठूला पूर्वाधारलाई प्राथमिकता दिएको स्रोतले बताएको छ । ‘सरकारले नयाँ आयोजनाका लागि बजेट छुट्याउने छैन । निर्माण अन्तिम चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनामा ठूलो बजेट विनियोजन गर्ने र ती सम्पन्न भएपछि अर्को वर्ष बाँकी आयोजना सम्पन्न गर्दै जाने सरकारको तयारी छ,’ ।

आगामी बजेटमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने दबाबमा सरकार छ । कानुनमा भएको व्यवस्थाअनुसार सरकारले हरेक दुई वर्षका सरकारले कर्मचारीको तलब वृद्धि गर्नुपर्छ । यसअनुसार चालु वर्षको बजेटबाटै कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भए पनि बढाइएको छैन । 
कृषि, ऊर्जा, पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा पर्ने स्रोतले जनाएको छ । कृषि उपजको उत्पादन बढाउने, लागत घटाउने र उत्पादित सामग्रीलाई बजारसँग जोड्न के–कस्ता नयाँ कार्यक्रम ल्याउन सकिन्छ भनेर गृहकार्य भइरहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार