आइतवार, श्रावण २४ गते २०८३

प्रचण्ड अस्वस्थ

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका  कारण सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी भएका छैनन् ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले ज्वरो आएका कारण संयोजक प्रचण्ड निवासमै आराम गरिरहेको जानकारी दिए ।

‘उहाँलाई हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आयो । डाक्टरहरुले आराम गर्न सल्लाह दिनुभएकाले कतै जानु भएको छैन,’ आचार्यले भने ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार