काठमाडौ । नेपाली बजारमा आज शुक्रबार सुन –चाँदीको भाउ बढेको छ ।
बिहीबार तोलामा पाँच हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला चार हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।