आइतवार, श्रावण २४ गते २०८३

बढ्ने भयो इन्टरनेट शुल्क, कति पुग्दै छ? हेर्नुहोस्

बिहिवार , भाद्र ३१, २०७८

इन्टरनेट सेवा प्रदायकहरूले विभिन्न बहानामा इन्टरनेटको मूल्य बढाउने भएका छन्। सरकारले फाइबर लिजको भाडा बढाएको तथा अन्य विभिन्न समस्याहरु रहेको देखाउँदै सेवा प्रदायकहरुले इन्टरनेटको शुल्क बढाउने निर्णय गरेको जनाएको छन्।

जसअनुसार ग्रामीण क्षेत्रमा प्रति ग्राहक मासिक एकसय ५० र सहरी क्षेत्रमा तीन सय रूपैयाँका दरले इन्टरनेटको शुल्क बढाउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रस्ताव गरिएको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले बताए।

विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूलाई  प्रतिपोल प्रतिवर्ष सहरी क्षेत्रमा दुईसय पचास र ग्रामीण क्षेत्रमा ५० रूपैयाँ लिँदै आएकोमा हाल बढाएर सहरी क्षेत्रमा प्रतिपोल प्रतिवर्ष सात सय ५० रूपैयाँ पुर्‍याएको अध्यक्ष श्रेष्ठले बताए। उनले कोरोना महामारीपछि इन्टरनेटको प्रयोग बढेको तर इन्टरनेट सेवा प्रवाहमा निरन्तर अप्ठ्याराहरू थपिन थालेकोले सेवा प्रवाहमा कठिनाई भएका कारण शुल्क बढाउन लागको कताएका छन्। 

प्रतिक्रिया
सम्बन्धित समाचार