सोमवार, श्रावण २५ गते २०८३

बजेटप्रति निजी क्षेत्रको सकारात्मक प्रतिक्रिया, कार्यान्वयनमा जोड

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले सार्वजनिक गरेको बजेटप्रति नेपाल उद्योग वाणिजय महासंघ उत्साही देखिएको छ ।

महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले समग्र बजेटलाई हेर्दा धेरैजसो विषयलाई सम्बोधन गर्न खोजेको बताए । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटपछि सिंहरदबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिने क्रममा उनले प्रतिबद्धता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

उनले समग्र बजेट हेर्दा आफूहरू उत्साहित भएको भए पनि विस्तृत भने हेर्न बाँकी रहेको टिप्पणी गरे । ‘समग्र बजेट सुन्दा हामी उत्साहित छौं । तर डिटेल्स अझै हेर्न बाँकी नै छ,’ उनले भने, ‘समग्र बजेट हेर्दा सरकारले सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ ।

डिटेल्समा त अझै गएको छैन । करका दर घटाउन खोजेको जस्तो देखिन्छ ।

कृषिलाई पनि प्रोत्साहन गर्न खोजेको उनले बताए । ‘अनुदानको नयाँ मोडालिटि पनि ल्याउन खोजेको देखिन्छ ।

पूर्वाधारमा थुप्रै कुरा गरेको देखिन्छ,’ उनले भने । अहिलेको सरकार दुई तिहाइको भएको र पहिलाका भन्दा अलि सिरियस भएर बजेट ल्याएको जस्तो उनले बताए ।

‘यी सबै हिसाबले देख्दा सरकार पहिलाभन्दा अलि सिरियस भएर जाने र अहिले व्यक्त भएका प्रतिबद्धता कार्यान्वयन पक्ष पनि हेर्नुपर्नेछ,’ उनले भने, ‘सरकार पहिलाभन्दा अलि सिरियस देखिँदै जाने हो कि जस्तो देखिन्छ । विगतका सरकार मिलिजुली थियो, अहिले एउटै सरकारको बहुमतको अवस्था छ ।

यस्तो सरकारले आफूले गरेको प्रतिबद्धता पूरा गरेर लैजान्छ, देशमा शिथिल भएको अर्थतन्त्रलाई पुनर्जागरण हुन्छ भन्ने अपेक्षा गरेका छौं ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार