आइतवार, श्रावण २४ गते २०८३

सामान्य घट्यो सुनको मुल्य

सोमवार , जेठ १८, २०८३

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ। 

आइतबार तोलामा २० हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो। आज सुन प्रतितोला तीन लाख १० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला पाँच हजार तीन सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार