काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल गार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताएका छन्।
प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन ७४ खर्बका आधारमा सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने अर्थन्त्रीले जानकारी दिए ।
कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋण ४३ प्रतिशतभन्दा बढी नहुने बताउँदै मन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रमहरूको दायित्व रहेको र त्यसलाई सरकारले निरन्तरता दिने जानकारी दिए
विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकार पछि नहट्ने बताउँदै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको उनले जानकारी दिए ।
तिमीले आयमा आधारित करभन्दा उपभोगमा आधारित कर बढी प्रभावकारी हुने र उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ कार्यक्रम अगाडि बढाइएको स्पष्ट पारेका छौ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले वैदेशिक मुद्रा सञ्चितिको मुख्य आधार विप्रेषण रहेको बताउँदै यसलाई दिगो बनाउन स्वदेशी वस्तुको उत्पादन तथा निर्यातमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा सङ्घका अध्यक्ष मेनुका कार्कीले बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएका छन्।