काठमाडौं । सिँढीबाट लडेर घाइते भएकी रास्वपाकी सांसद बसुमाया तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइृरहेको छ ।
सिँढीबाट लडेपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो ।
संसद वैठक सकिएपछि सभाहलको भर्याङ ओर्लिने क्रममा उनी अचानक रिंगटा लागेर लडेकी थिइन् । उनलाई अन्य सांसदहरुले उठाएका थिए । तत्कालै सुदन गुरुङले एम्बुलेन्स बोलाएका थिए ।
तामाङलाई एम्बुलेन्समा राखेर ट्रमा सेन्टर पुर्याइएको छ । अहिले उनको अवस्थामा सुधार आएको बताइएको छ । तामाङ मुटुकी रोगी हुन् ।