बुधवार, आश्विन १४ गते २०८३

पश्चिम नेपालको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक–निजी साझेदारी कम्पनी

मंगलवार , जेठ १९, २०८३


काठमाडौँ । पश्चिम नेपालमा निर्माण हुने ठुला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलमा वेस्ट सेती चार सय केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिसन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी (एसपिभी) स्थापना गरिएको छ ।

करिब २० अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजना ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानीमा निर्माण गरिने जनाइएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) को सञ्चालक समितिले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो ।

सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कम्पनीका संस्थापक साझेदारलाई सम्बोधन गर्दै ऊर्जा उत्पादनमा निजी क्षेत्रले पु¥याउँदै आएको योगदान अब प्रसारण पूर्वाधार विकासमा समेत विस्तार भएको बताए ।

उनले प्रसारण लाइनलाई ऊर्जाक्षेत्रको लाइफ लाइनको संज्ञा दिँदै यस्तो साझेदारीले ऊर्जाक्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे । सहभागितामूलक विकास लोकतन्त्रको अभ्यास पनि भन्दै मन्त्री श्रेष्ठले प्रसारण लाइनमा निजी क्षेत्रसँगको सहकार्य नेपालका लागि नयाँ अभ्यास भएकाले सरकारले यसलाई प्रोत्साहन गर्ने बताए ।

विद्युत् खरिदबिक्री सम्झौतासम्बन्धी समीक्षा प्रक्रिया जारी रहेको जानकारी दिँदै उनले प्राप्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरिने उल्लेख गरे । ऊर्जाक्षेत्रमा दिगो र विश्वसनीय आपूर्ति सुनिश्चित भए मुलुकको अर्थतन्त्रले नयाँ गति लिने र सुदूरपश्चिमको आर्थिक विकासमा समेत महìवपूर्ण योगदान पुग्ने उनको भनाइ थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार