काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो बढुवाबारे जानकारी दिएका हुन् । गृह मन्त्रालयको सिफारिशमा उनलाई गत जेठ ५ गते बढुवा समितिले अतिरिक्त महानिरीक्षक पदका लागि सिफारिश गरेको थियो ।