सोमवार, श्रावण २५ गते २०८३

राष्ट्रिय सभा बैठक स्थगित

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले बोल्न समय दिए 
उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार