आइतवार, श्रावण २४ गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका खाद्य व्यवसायमा अनुगमन :  म्याद नाघेका सामग्री नष्ट, व्यवसायीलाई जरिवाना

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहितको संयुक्त टोलीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९त्क्ष्ब्० भित्र सञ्चालित विभिन्न खाद्य व्यवसाय तथा रेष्टुरेन्टहरूको अनुगमन तथा निरीक्षण गरेको छ। अनुगमनका क्रममा खाद्य स्वच्छता, सरसफाइ, लेबलिङ, मूल्य सूची तथा खाद्य सुरक्षासम्बन्धी मापदण्डको अवस्था मूल्याङ्कन गरी आवश्यक कारबाही गरिएको विभागले जनाएको छ।

विभागका अनुसार अनुगमनमा केही व्यवसायमा सरसफाइ सामान्य अवस्थामा पाइए पनि कतिपय स्थानमा खाद्य सुरक्षासम्बन्धी गम्भीर कमजोरीहरू भेटिएका छन्।

होटल सोनिगमा सरसफाइ सामान्य रहेको पाइएको छ। उक्त व्यवसायलाई खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ भने प्रयोगशाला परीक्षणका लागि बटर मफिनको नमुना संकलन गरिएको छ।

साई किरण इन्टरप्राइजेजमा सरसफाइ सामान्य भए पनि  मा म्याद समाप्त हुने मिति स्पष्ट उल्लेख नगरिएको पाइएको विभागले जनाएको छ। साथै लेबलमा उल्लेख गरिएको अधिकतम खुद्रा मूल्य  भन्दा बढी मूल्य असुल गरेको पाइएपछि वाणिज्य विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ३ लाख जरिवाना गरेको छ।

टि–थ्री थकाली ग्रुप प्रालिमा सरसफाइको अवस्था कमजोर रहेको, खाद्य पदार्थ खुला रूपमा राखिएको तथा भण्डार कक्षमा म्याद नाघेको खाद्य रंग र सुगन्ध भेटिएको जनाइएको छ। निरीक्षण टोलीले म्याद नाघेका ४० बट्टा रंग तथा फ्लेवर नष्ट गरेको छ। साथै ःच्ए भन्दा बढी मूल्य लिएको पाइएपछि उक्त व्यवसायलाई पनि  ३ लाख जरिवाना गरिएको छ।

त्यसैगरी ओरिएन्टल होटल्स प्रालिमा भान्साको सरसफाइ सन्तोषजनक नरहेको, डस्टबिन खुला अवस्थामा राखिएको, म्याद नाघेको खाद्य रंग प्रयोगका लागि राखिएको तथा फ्राइङ तेलको  परीक्षण गर्दा २६.५ प्रतिशत भेटिएको, जुन स्वीकृत मापदण्डभन्दा बढी रहेको विभागले जनाएको छ। टोलीले करिब ३० लिटर प्रयोग भइसकेको तेल तथा सोही तेलमा तयार गरिएको करिब २० केजी समोसा नष्ट गरेको छ। साथै भन्दा बढी मूल्य लिएको कारण उक्त व्यवसायलाई पनि ३ लाख जरिवाना गरिएको छ।

होराइजन क्याफेमा बेकरीजन्य खाद्य वस्तुहरूमा अनिवार्य लेबल नराखिएको पाइएको छ। सरसफाइ सामान्य रहेको उक्त व्यवसायबाट प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरिएको छ भने सबै खाद्य वस्तुमा अनिवार्य रूपमा लेबल राख्न निर्देशन दिइएको छ।

सान इन्टरप्राइजेजमा सरसफाइ सामान्य पाइए पनि लेबलमा उल्लेखित मूल्यभन्दा बढी शुल्क लिएको पाइएपछि वाणिज्य विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ३ लाख जरिवाना गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा खाद्य गुणस्तर सुनिश्चित गर्न यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। विभागले सबै खाद्य व्यवसायीलाई खाद्य स्वच्छता, उचित लेबलिङ तथा मूल्यसम्बन्धी प्रचलित कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार