काठमाडौं । रोल्पामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।