आइतवार, श्रावण २४ गते २०८३

तुलसालाई हत्कडीसहित अदालत लगियो

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । तुलसा कलेक्सन भनेर चिनिने टिकटकर तुलसी अधिकारीलाई थुनछेक बहसका लागि जिल्ला अदालत ललितपुर पुर्‍याइएको छ । न्यायाधीशले उनलाई थुनामा राखेरै अनुसन्धान गर्ने वा धरौटीमा छोड्ने निर्णय लिनेछन् ।

अधिकारीको बयानपछि जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा हिजोबाट थुनछेक बहस सुरू भएको हो । हिजो बहस नसकिएकाले तुलसालाई हिरासतमै पठाएर आज पनि सोही इजलासमा सुनवाइ गरिँदैछ ।

तुलसालाई प्रहरीको भ्यानमा राखेर अदालत पुर्‍याइँदा उनले अनुहारमा मास्क लगाएकी थिइन् । प्रहरीवृत्त सातदोबाटोको थुनुवा पोशाक तथा हातमा हत्कडी लगाइएको थियो । तुलसाले कपाल भने आकर्षक तरिकाले बाटेकी थिइन् ।

आज सरकारी वकिलको तर्फबाट बहस हुने छ भने त्यसपछि प्रतिवादी अधिकारीका कानून व्यवसायीले बहस गर्ने छन् । आज बहस सकियो भने थुनछेक आदेश आउने छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार