काठमाडौं। शुक्रबार १ हजार ५५८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो।
हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ संक्रमित भएका छन्। एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ।
संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन्। मनलयका २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन्। यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ। हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन्।