सोमवार, श्रावण २५ गते २०८३

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई जाइकाले थप सवा ५ अर्ब सहुलियत ऋण दिने

बिहिवार , जेठ २१, २०८३


काठमाडौं । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि ५ अर्ब ७० करोड जापानी येन (५ अर्ब २६ करोड नेपाली रुपैयाँ ) बराबरको थप सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थसचिब डा।घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट जापानी राजदूत तोरु मायेदाले हस्ताक्षर गरेका छन् । यस्तै ऋण सम्झौतामा अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनिराम शर्मा तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) का नेपाल प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरेका थिए ।


यो ऋणको ब्याजदर वार्षिक १।१५ प्रतिशत रहने र परामर्श सेवाका लागि उपयोग हुने रकममा वार्षिक ०।५५ प्रतिशत ब्याजदर लाग्ने सम्झौतामा उल्लेख छ । यो ऋणको भुक्तानी अवधि भने २० वर्ष तथा ग्रेस अवधि १० वर्ष रहने व्यवस्था गरिएको छ ।


यसअघि यो आयोजनाका लागि नेपाल र जापान सरकारबीच २२ डिसेम्बर २०१६ मा जापानिज् येन १६ अर्ब ६३ करोड ६० लाख सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो ।

आयोजना कार्यान्वयनको क्रममा मूल्य समायोजन, सुरुङ निर्माण कार्यको परिमाण तथा डिजाइनमा परिवर्तन, थप निर्माण कार्यको आवश्यकता, कोभिड १९ महामारी, स्थानीय अवरोध तथा विनिमय दरमा आएको परिवर्तन लगायतका कारण आयोजनाको लागि थप बजेट आवश्यकता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार