सोमवार, श्रावण २५ गते २०८३

प्रोटोनले ईभी उत्पादन क्षमता विस्तार गर्दै, नेपालमा नयाँ मोडल ल्याउने तयारी

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । नेपालमा प्रोटोन ई.मास सेबेन १६० किलोवाटको सफल बजार प्रवेशपछि यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा विद्युतीय सवारी ९ईभी० पोर्टफोलियो विस्तार गर्ने तयारीलाई तीव्र बनाएको छ।

कम्पनीका अनुसार प्रोटोन ई.मास ७ ले नेपाली उपभोक्तामाझ छोटो समयमै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि थप नयाँ विद्युतीय मोडलहरू भित्र्याउने योजना अघि बढाइएको हो।

मलेसियामा पनि प्रोटोनले विद्युतीय सवारी क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा कम्पनीको ईभी बिक्री ३२९ प्रतिशतले वृद्धि भएको छ। चार महिनाको अवधिमा मात्रै ११ हजार ६१७ भन्दा बढी विद्युतीय सवारी ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

बढ्दो मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन केन्द्र विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ। विस्तारपछि कम्पनीको वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी वृद्धि भई ४२ हजार युनिट पुग्ने लक्ष्य राखिएको छ।

जगदम्बा मोटर्सका एक प्रतिनिधिका अनुसार नेपालमा प्रोटोन ई।मास ७ ले प्राप्त गरेको सकारात्मक प्रतिक्रियाले नेपाली उपभोक्ता गुणस्तरीय विद्युतीय सवारीतर्फ आकर्षित भइसकेको स्पष्ट संकेत दिएको छ। “आगामी योजनालाई लिएर हामी निकै उत्साहित छौं,” उनले भने।

हाल नेपाली बजारमा उपलब्ध प्रोटोन ई।मास ७ मा १६० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। एनइडिसी ९ल्भ्म्ऋ० मापदण्डअनुसार यसले एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

गाडीमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर प्रणाली, आधुनिक ड्राइभिङ प्रविधि, फराकिलो इन्टेरियर तथा अत्याधुनिक सुरक्षा र कनेक्टिभिटी सुविधाहरू समावेश गरिएको छ।

कम्पनीले हाल ई।मास ७ खरिद गर्ने ग्राहकलाई एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, आठ वर्षको वारेन्टी तथा आकर्षक नगद छुट उपलब्ध गराउँदै आएको जनाएको छ।

यसैबीच, जगदम्बा मोटर्सले निकट भविष्यमा प्रोटोन ई.मास ५ पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ। सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री भएको विद्युतीय सवारी बनेको ई।मास ५ शहरी जीवनशैली र नयाँ पुस्ताको आवश्यकतालाई लक्षित गरी विकास गरिएको मोडल हो।

कम्पनीले यस मोडलमार्फत प्रोटोनको आधुनिक विद्युतीय सवारी प्रविधि नेपाली उपभोक्ताको अझ व्यापक वर्गसम्म पुर्‍याउने अपेक्षा गरेको छ।

प्रोटोनका अतिरिक्त, जगदम्बा मोटर्स नेपालमा टिभिएस दुईपाङ्ग्रे सवारी, चेरी वान्डाका व्यावसायिक विद्युतीय सवारी तथा जेएमईभी विद्युतीय सवारीको आधिकारिक वितरक पनि हो। विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय तथा आधुनिक सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको कम्पनीले नेपालको तीव्र गतिमा विस्तार भइरहेको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार