काठमाडौँ । आज शुक्रबार सुन,चाँदीको भाउ घटेको छ।
बिहीबार तोलामा दुई सय रूपैयाँ सुनको भाउ यसदिन प्रतितोला दुई हजार एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमामा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।बिहीबार प्रतितोला पाँच हजार दुई सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।