सोमवार, श्रावण २५ गते २०८३

काठमाडौंमा भेरोसेलको दोस्रो डोज असोज ४ देखी लगाइने, कहाँ कहाँ लगाइन्छ ?

शनिवार , आश्विन २, २०७८

काठमाडौं। काठमाडौंमा भेरोसेलको दोस्रो दोज खोप असोज ४ गतेदेखी लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने जनाएको छ।

खोप जम्मा ३ दिन लगाइने छ। खोप लगाउनका लागि काठमाडौं महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शंखरापुर र वागेश्वरी मनहरामा नौ/नौ खोप केन्द्र तोकिएको छ।

यसैगरी काठमाडौं महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ।

सरकारले हिजोमात्र चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप चिनबाट ल्याएपछि भेरोसेल पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन लागिएको हो। असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार