आइतवार, श्रावण २४ गते २०८३

कांग्रेसको क्रियाशील सदस्यता जेठ २८ सम्म अद्यवधिक गर्न सकिने

शुक्रवार , जेठ २२, २०८३

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय जेठ २८ गतेसम्मलाई थपेको छ ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीवारको बैठकले सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ गते राति १२ः०० बजेसम्म थप्ने निर्णय गरेको हो । पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बैठक केन्द्रीय कार्यालयमा बसेको थियो । 

देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको अवस्थामा समय अपुग भएको गुनासो आएपछि समथ थप गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 


कांग्रेसको क्रियाशिल सदस्यता नवीकरण गर्नेको संख्या घट्दै गएको छ । २०७८ सामा भएको पार्टीको १४ औं महाधिवेशनमा ८ लाख ५० हजार क्रियाशील सदस्य रहेको कांग्रेसको दाबी छ।

गत पुससम्म चार लाख ५० हजारले नवीकरण गरेका थिए । एक लाख ५० हजारले नयाँ सदस्यता लिएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार