काठमाडौं। शनिबार १ हजार ६६ जनाकोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षण ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार १,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको मन्त्रालयले जनाएको।