काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो राजनीतिक अभिव्यक्ति र सामाजिक सञ्जालको सक्रियताले नेपाली राजनीतिमा फेरि नयाँ तरङ्ग पैदा गरेको छ ।
हालै संसद्मा नेपाल–भारत सीमा विवाद र नेपालले पनि केही स्थानमा भूमि मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री शाहले शनिबार राति प्रधानमन्त्री बालेन्द्र शाहको व्यक्तिगत फेसबुक खातामा पोस्ट भएको स्ट्याटस हेरेर देश जिल्ल परेको छ । तर प्रधानमन्त्रीको कोर टीम तथा रास्वपा सांसदहरूले चाहिँ राम्रै मनोरञ्जन लिइरहेका छन् । सामाजिक सञ्जाल (फेसबुक) मार्फत व्यक्त गरेका धारणा र स्टाटसहरूलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
गएको आम निर्वाचनमा ’जेन–जी’ पुस्ताको बलियो समर्थनमा सत्ताको नेतृत्वमा पुगेका प्रधानमन्त्री बालेनको यो पछिल्लो कदमले नेपाली राजनीति, कूटनीति र सामाजिक क्षेत्रमा बहुआयामिक सन्देश दिएको छ। प्रधानमन्त्री बालेनले आफ्नो स्टाटसमार्फत नेपाली कांग्रेस, नेकपा एमाले, र माओवादी केन्द्रजस्ता पुराना राजनीतिक दलहरूलाई पुनः कडा प्रहार गरेका छन्। राष्ट्रिय सभामा आफ्नो दलको प्रतिनिधित्व नहुँदा घेराबन्दी गर्न खोज्ने पुराना दलहरूलाई लक्षित गर्दै उनले आफू व्यवस्था बदल्न आएको र संसद्भित्रको गणितीय खेलले आफ्नो राजनीतिक बाटो नरोकिने स्पष्ट सन्देश दिन खोजेका छन्।
संसद्मा सीमा विवादलाई लिएर व्यक्त गरेको अभिव्यक्ति र त्यसपछि कूटनीतिक वृत्तमा आएको तरङ्गलाई लिएर उनले रक्षात्मक हुनुको साटो आफ्नो अडान स्पष्ट पार्न खोजेका छन्। सुगौली सन्धिका ऐतिहासिक दस्तावेजहरू खोज्न बेलायत, भारत र चीनसँग विशेषज्ञहरूको सहयोग लिने आफ्नो योजनामा उनी पछि हटेका छैनन्। स्टाटसमार्फत उनले राष्ट्रियताको सवालमा भावनात्मक कुरा मात्र नगरी तथ्य र इतिहासका आधारमा अघि बढ्नुपर्ने सन्देश दिन खोजेको देखिन्छ, यद्यपि यसले अन्तर्राष्ट्रिय सम्बन्धमा केही जटिलता थपेको छ।
पछिल्लो समय संसद् र सडक दुवैतिर आफ्नो कूटनीतिक अभिव्यक्तिको विरोध भएपछि बालेनले आफ्ना मूल एजेन्डा र समर्थकहरूलाई एकत्रित (च्भतबष्ल) राख्न सामाजिक सञ्जाललाई हतियार बनाएका छन्। उनी आफूलाई संसद्भित्र परम्परागत दलहरूले काम गर्न नदिएको ’पिडित’ (ख्ष्अतष्m) का रूपमा प्रस्तुत गर्दै युवा जमातको सहानुभूति र समर्थन कायम राख्न चाहन्छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको स्टाटसमा जति आक्रोश छ, त्यति नै उनीमाथि परिरहेको आन्तरिक दबाब पनि झल्किन्छ। प्रतिपक्षी दलहरूले संसद् अवरोध गरिरहेको र सडकमा समेत उनको राजीनामा माग्दै प्रदर्शन भइरहेको अवस्थामा, यो स्टाटस दबाब झेल्ने र आफ्नो राजनीतिक साख जोगाउने प्रतिरक्षात्मक रणनीतिको रूपमा पनि बुझ्न सकिन्छ।
प्रधानमन्त्री बालेन शाहको पछिल्लो स्टाटसले उनी परम्परागत कूटनीति र राजनीतिक शैलीभन्दा फरक, आफ्नै आक्रामक र ’पपुलिस्ट’ (जनप्रिय) बाटोमा अगाडि बढ्न प्रतिबद्ध छन् भन्ने सन्देश दिन्छ। तर, अल्पमतको राष्ट्रिय सभा र सडकको बढ्दो दबाबका बीच कूटनीतिक संवेदनशील विषयमा सञ्जालमार्फत आउने यस्ता अभिव्यक्तिले उनको सरकारको स्थायित्व र परिपक्वतामाथि भने निरन्तर प्रश्न उठाइरहने देखिन्छ।