काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४१ पैसा र बिक्रीदर १९१ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा कायम भएको छ ।