काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ९कुमार० निर्वाचित भएका छन् । खत्रीले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्यानलसहित जित हासिल गरेका हुन् ।
खत्रीलाई नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेकपा निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायीको संयुक्त समर्थन रहेको थियो ।
निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट मेघनाथ भुर्तेल तथा राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका तर्फबाट हरिबहादुर पाण्डे क्षेत्री अध्यक्ष पदका प्रत्याशी थिए ।
मतपरिणामअनुसार खत्रीले ३४७ मत प्राप्त गरे भने भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका छन् ।