काठमाडौँ ।आज (बुधबार) सुन–चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला १० हजार एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।