आइतवार, श्रावण २४ गते २०८३

अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न– निर्दोष हुनुहुन्छ भने संसदीय छानबिनदेखि किन डराउनुहुन्छ ?

बुधवार , जेठ २७, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका सदस्य ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बिवाइडी गाडीको भन्सार छली प्रकरणमा संसदीय छानबिन समितिको सामना गर्न चेतावनी दिएका छन् । 

विवाडी गाडीको भन्सार प्रकरण नेपालको इतिहासकै ठूलो वित्तीय अनियमितता वा आर्थिक अपराध भएको बताउँदै शाहीले फेसबुकमा लेखेका छन्, यसको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा हामी संसद र संसदीय समितिमार्फत पूर्ण सहयोग गर्न तयार छौँ ।

साथै, बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहयोग गरिदिन पनि शाहीले वागलेलाई अनुरोध गरेका छन् । 

शाहीले वाग्लेलाई चेतावनी दिदै भनेका छन्, –यदि तपाईंले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम निष्पक्ष छानबिन नै हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार