आइतवार, श्रावण २४ गते २०८३

११ बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै छैन सुरसार, हर्कको आक्रोस

बुधवार , जेठ २७, २०८३

काठमाडौं । बिहान ११ बजेको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजेर ४२  मिनेट जाँदासमम्म सुरु भएको छैन । 

विशेष गरी विपक्षी दलले विगतदेखि नै बैठक अवरोध गरिरहेका छन् ।  

आज पनि विपक्षीको अवरोध आउन सक्ने र बैठक बस्नुअघि नै उनीहरुसँग बसेर बिबाद साम्य पार्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने सक्रिय भएका छन् । तर विपक्षीसँग कुरा भने मिलेको छैन । 

जसका कारण बैठक लम्बिएको हो । बैठक नबसेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राइले हामी धेरै बाठो भएका कारण बैठक बस्न नसकेको भन्दै ब्यंग्य गरेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार