आइतवार, श्रावण २४ गते २०८३

रौतहटमा अवैध रुपमा भित्र्याइएको ९० लाख रुपैंया बराबरको फर्सीको बिउ नियन्त्रणमा

उक्त सामान नियन्त्रणमा लिने क्रममा स्थानीयले प्रहरी माथि ढुडामुढा समेत गरेका थिए । सो क्रममा प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो भने प्रहरीका तीन जना र स्थानीय तीन जना समेत गरेर ६ जना घाइते भएका थिए ।

बिहिवार , जेठ २८, २०८३

रौतहत । नेपालबाट भारततर्फ अवैध रुपमा निर्यात गर्न लागिएको ९० लाख रुपैंया बराबरको फर्सीको बिउ रौतहटको नेपाल भारत सीमा नजिकैबाट नियन्त्रणमा लिइएको छ ।

उक्त जिल्लाको बौधीमाई नगरपालिका वडा नं.७ मा पर्ने बाडा बंकुल टोलमा नेपाल र भारतको सीमानाको बाटोको छेउमा त्रिपालले छोपी राखेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 


नेपालबाट अवैध रुपमा भारततर्फ निकासी गर्न लागिएको भन्ने गोप्य सूचनाको आधामा जिल्ला प्रहरी कार्यालय तथा माहतका प्रहरी, सशस्त्र प्रहरीको टोलीले उक्त स्थानमा खानतलासी गरेको थियो । सो क्रममा लुकाईछिपाई राखेको ३२२ बोरा (१२ हजार आठ सय ८० किलोग्राम) बिउ नियन्त्रणमा लिइएको थियो । 

उक्त सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ । साथै, उक्त सामान नियन्त्रणमा लिने क्रममा स्थानीयले प्रहरी माथि ढुडामुढा समेत गरेका थिए । सो क्रममा प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो भने प्रहरीका तीन जना र स्थानीय तीन जना समेत गरेर ६ जना घाइते भएका थिए । 


पछिल्लो समय नेपाल भारत सीमानाबाट अस्वभाविक रुपमा फर्सी, वाटरमेलन लगायतका सामग्रीका बिउ अवैध रुपमा आयात हुन थालेको आशंका गरिएको छ । तेस्रो मुलुकबाट सस्तो भन्सार दरमा ती सामान नेपाल ल्याउने र फेरि भारततर्फ निकासी गर्ने क्रम बढेको छ । 


दुई दिनअघि मात्रै भैरहवा भन्सार कार्यालयले पनि अवैध रुपमा नेपाल प्रवेह गराइएको यस्तै सामानहरु नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 
भन्सार कार्यालयकै कर्मचारीको मिलेमतोमा ति सामानहरु आयात हुने गरेको आरोप व्यवसायीले लगाएका छन् ।

pumpkin seeds.jpg
undefined

प्रतिक्रिया
सम्बन्धित समाचार