काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिएका छन ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताएका हुन ।
“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री डा वाग्लेले भने, “यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ । ”नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनी समितिमा भावुक सुनिए ।
‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ’ बैठकमा सांसदहरूले करको दर हेरफेरबारे सूचना चुहाएर ५ हजारभन्दा बढी गाडी आयात हुँदा अर्बौं राजश्व हिनामिना भएको बताएका थिए ।
समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा_की प्रमुख सचेतक खुस्बु ओलीले ५ हजारभन्दा बढी गाडी आयात हुँदा अर्बौं राजश्व हिनामिना भएको बताएकी थिइन् ।
आर्थिक विधेयकमा करको दर हेरफेर भएको र करका देर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग्दै उनले भनिन्,‘७\८ सिटको गाडीलाई ११ सिटको कायम गरी त्यसमा फोल्डिङको अमान्य सिटहरूलाई पनि मान्य गरी ७\८ सिटको लागि लाग्ने ३० प्रतिशतको भन्सारको सट्टा ११ सिटका लागि लाग्ने १० प्रतिशत भन्सार कायम गरी २० प्रतिशत भन्सार हिनामिना गरेको पाइएको छ ।’