सोमवार, श्रावण २५ गते २०८३

आइतबार ७३४ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

आइतवार , आश्विन ३, २०७८

काठमाडौं । आइतबार ७३४ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो। 

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । जसमध्ये ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै सोही अवधीमा १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ। हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । 

जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार