मंगलवार, आश्विन १३ गते २०८३

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

शुक्रवार , जेठ २९, २०८३


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले बिहिबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा उक्त पदपूर्ति गरिने जनाएको हो । सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।

 उम्मेदवार हुनका लागि देहायका योग्यताहरुमा  दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ।
शैक्षिक योग्यतास् मान्यता प्राप्त विश्वविद्यालयबाट प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ्ग वा कानूनमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।
अनुभवस् कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने ।
इच्छुक आवेदकले सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा गई कार्यालय समयभित्र आफ्नो दरखास्त बुझाउन सक्नेछन् ।

 सरकारले अध्यादेश ल्याएर सार्वजनिक पद धारण गरेका व्यक्तिलाई हटाएपछि कम्पनीका तत्कालिन सिइओ रमेश आचार्यले राजिनामा दिएपछि कम्पनी लामो समय देखि प्रमुख बिहिन रहेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार