शनिवार, कार्तिक ८ गते २०८३

संखुवासभा हत्या काण्डमा नयाँ मोड : थप ४ जनाको संलग्नता रहेको आशंकामा पक्राउ

आइतवार , आश्विन ३, २०७८

काठमाडौं। खुवासभाको मादी सामुहिक हत्या काण्डमा थप ४ जनाको संलग्नाता आशंकामा अनुसन्धान थालिएको छ। मादी नगरपालिका–१ उम्लिङ खोलामा ६ जनाको सामूहिक हत्याको अनुसन्धान गर्न प्रहरीले थप ४ जनालाई नियन्त्रणमा लिएको छ।

यसअघि हत्या आरोपित लोकबहादुर कार्कीका भाइ नरेश कार्कीले दाईलाई सहयोग गरेको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ। भाई नरेशबाट मृतकको मोवाइल फोन वरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो, तर उनले उक्त फोन घरमा फेला पारेको बताएका छन्।

सामुहिक हत्याकाण्डमा थप ४ जनामाथी अनुसुसन्धान थालेको प्रहरीले उनहरुको परिचय भने खुलाएको छैन। तर घटनाबारे थप ४ जनामाथी अनुसन्धान थालेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

एसपी राईका अनुसार लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिइएको र  लोकबहादुर र नरेशको बयानका आधारमा अन्य ४ जना माथि समेत प्रहरीले अनुसन्धान थालेका हो।

प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागि शनिबार इलाका प्रहरी कार्यालय चैनपुर ल्याएको उनले जानकारी दिए। नियन्त्रणका लिएकाहरू मृतक तेजबहादुरका छिमेकी हुन्। मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुन: घटनास्थल पुगेको थियो। 

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार