सोमवार, श्रावण २५ गते २०८३

सर्वसाधारणका लागि आईपीओ निकाल्दै मकालु वाइन इन्डस्ट्रिज

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाइन इन्डस्ट्रिजका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका थिए ।

वि.स २०५२ सालमा धर्मदेवी नगरपालिका–३, संखुवासभामा स्थापना भएको मकालु वाईन इन्डस्ट्रिज लिमिटेडले विगत ३१ वर्षदेखि समुन्द्र सतहबाट करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट अर्गानिक ‘हिंवा वाईन’ उत्पादन गर्दै आएको छ ।

आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय वाइन उत्पादन गर्दै आएको कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार