काठमाडौं । सञ्चारकर्मी सूर्यपसाद पाण्डेसहित ४२ व्यक्ति र संस्थालाई नेशनल एजुकेसन अवार्ड, २०२६ प्रदान गरिएको छ । शिक्षालय मासिक पत्रिकाले शनिबार लाजिम्पाटस्थिा रेडिसन होटलमा विशेष कार्यक्रम गरेर उक्त अवार्ड प्रदान गरेको हो ।
आयोजक शिक्षालय मासिकका सम्पादक श्याम तण्डुकारका अनुसार शिक्षालयले देशको शिक्षा क्षेत्रको विकास, विस्तार र गुणात्मक सुधारमा उल्लेख्य योगदान पु¥याएका शिक्षण संस्था, शिक्षण संस्थाका प्रँचार्य, शिक्षाविद् र शिक्षा पत्रकारहरूलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मानित गरेको हो ।
नेपाल तथा भारतका शिक्षाकर्मीको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमाले उक्त पुरस्कार तथा सम्मान वितरण गरे ।
शिक्षा पत्रकारिताको माध्यमबाट शैक्षिक क्षेत्रको रूपान्तरणमा योगदान पु¥याएबापत गोरखापत्र दैनिकमा कार्यरत सञ्चारकर्मी सूर्यप्रसाद पाण्डे र अका पत्रकार निर्जला कक्षपतिलाई ‘एजुकेशन जर्नलिष्ट अवार्ड’ प्रदान गरिएको छ ।
समारोहमा योङ पिकासो ललितपुरका प्रबन्ध निर्देशक तथा चित्रकला शिक्षक अजय देशारलाई ‘डेलिजेन्स अवार्ड’ प्रदान गरिएको छ । यसैगरी यस वर्षको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ ज्ञानोदय बाल बाटिका स्कूल, बुङ्मती, ललितपुरकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालाई प्रदान गरिएको छ ।
त्यसैगरी, शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत शिक्षाविद् प्रा. डा. भोला थापालाई ‘एजुकेशन कन्ट्रीब्युसन अवार्ड’ र प्रा. डा. सुदन झालाई ‘एजुकेशन डेडिकेशन अवार्ड’ प्रदान गरिएको छ ।
सिजी एजुकेशनका अपरेसन हेड डा. पिटर लेप्चालाई ‘एजुकेशन भिजन अवार्ड’ र एलआरआई स्कूल कलंकीका शिक्षा परामर्शदाता गोपालबाबु मरहट्टालाई ‘एजुकेशन इनर्जेटिक अवार्ड’ बाट सम्मानित गरिएको छ ।
स्थानीय तहमा योगदान पु¥याएबापत गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेलाई ‘कन्ट्रीब्युसन अवार्ड’ प्रदान गरियो ।
संस्थागत विधा र उत्कृष्ट विद्यालय तर्फ ललितपुरको जेम्स स्कूलले यस वर्षको प्रतिष्ठित ‘स्कूल अफ दि इयर’ अवार्ड हात पारेको छ भने सोही विद्यालयका भाइस प्रिन्सिपल राम बस्याललाई ‘बेस्ट भाइस प्रिन्सिपल अफ दि इयर’ घोषणा गरियो ।
ऐतिहासिक दरबार हाइस्कूल, रानीपोखरीलाई ‘माइलस्टोन स्कूल अवार्ड’ प्रदान गरिएको छ भने सेन्ट जेभियर्स स्कूल जावलाखेललाई ‘इन्नोभेटिभ स्कूल अवार्ड’ र जेम्सकै लिटिल एञ्जल्स स्कूल हात्तीवनका प्रिन्सिपल मुकुन्द राज शर्मालाई ‘एजुकेशन इन्भेन्टिभ अवार्ड’ प्रदान गरिएको छ ।
बुढानीलकण्ठको ज्ञान चक्षु इङ्लिस स्कूललाई ‘राइजिङ अवार्ड’, गल्कोपाखाको आरम्भ संस्कार विद्यालयलाई ‘एक्सीलेन्स स्कूल अफ दि इयर’ र ज्ञानाञ्जन, ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कूललाई ‘एक्सीलेन्स लर्निङ स्कूल अवार्ड’ प्रदान गरिएको छ ।
ललितपुरको अन्नल ज्योति स्कूल ढोलाहिटिलाई ‘ट्रान्सफर्मेटिभ लर्निङ स्कूल अवार्ड’ र काठमाडौं इमाडोलको काठमाडौं शिक्षालयलाई ‘गुडविल एचिभमेन्ट अवार्ड’, बालाजुको शीतला माध्यमिक विद्यालयले ‘एजुकेशन डिलिजेन्स अवार्ड’, ललितपुरको कन्चन इङ्लिस सेकेन्डरी स्कूलले ‘स्कूल एडमारेबल अवार्ड’ र भक्तपुरको राजर्षि गुरुकुलले ‘एजुकेशन ब्रिलिएन्स अवार्ड’ प्राप्त गरेका छन् ।
युवा नेतृत्व विधातर्फ सेनेका एजुकेशन पुतलीसडक काठमाडौंकी निर्देशक उमा खड्का पाठकलाई ‘युथ लिडिङ एजुकेशन अवार्ड’ बाट सम्मानित गरिएको छ । भक्तपुरकै एभरेष्ट इङ्लिस स्कूललाई ‘स्कूल अफ एक्सीलेन्स अवार्ड’ प्रदान गरिएको छ ।
काठमाडौं उपत्यका बाहिरका विद्यालयहरूमध्ये सुर्खेत वीरेन्द्रनगरको सिद्धपाइला इङ्लिस मिडियम सेकेन्डरी स्कूलका प्रिन्सिपल नैन सिंह खत्रीलाई ‘एक्सीलेन्स प्रिन्सिपल अवार्ड अफ दि इयर’, सुर्खेतकै भेरीगङ्गाको देउती विद्या मन्दिर सेकेन्डरी स्कूलका प्रिन्सिपल नोख बहादुर खत्रीलाई ‘डाइनामिक प्रिन्सिपल अवार्ड’, जाजरकोटको श्री एन. पी. फ्रेन्डसिप इङ्लिस स्कूलका प्रिन्सिपल नर बहादुर खड्कालाई ‘एक्सीलेन्स स्कूल अवार्ड’ र सर्लाहीको श्रीमती कृष्णदेवी जनता माध्यमिक विद्यालयका युगेश्वर राउतलाई ‘एजुकेशन एलिगेन्स अवार्ड’ प्रदान गरिएको छ ।
प्युठान नगरपालिका वडा नं. ८ को धर्मभक्त प्राविका प्रिन्सिपल बसन्त गिरीलाई ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्रदान गरिएको थियो ।
कलेज तथा उच्च शिक्षा विधा तर्फ ग्वार्को ललितपुरको एकेडेमिया इन्टरनेशनल कलेजले ‘कलेज अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ । पकनाजोल काठमाडौंको नेशनल कलेज अफ कम्प्युटर स्टडिजलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’, चाबहिलको सेन्ट लरेन्स कलेज लाई ‘एक्सीलेन्स पर्फर्मेन्स अवार्ड’ प्रदान गरिएको छ ।
लाजिम्पाटको जेभियर एकेडेमीलाई ‘टप पर्फर्मेन्स अवार्ड’, काठमाडौंको एक्सेल बिजनेस कलेजलाई ‘बेस्ट बिजनेस कलेज अफ दि इयर’ र तीनकुनेको पेन्टागन कलेजका अध्यक्ष एस. पी. सिंहलाई ‘एजुकेशन लिडरसिप अवार्ड’ प्रदान गरिएको छ । माइतीघरको सेन्ट जेभियर्स कलेजले ‘एजुकेशन मार्भलस अवार्ड’ प्राप्त गरेको छ ।
काठमाडौं वल्र्ड स्कूल भक्तपुरको व्यवस्थापन समितिका अध्यक्ष इ. डा. मितेश कुमार झालाई ‘एजुकेशनल ट्रान्सफर्मेशन लिडर अवार्ड’ बाट सम्मानित गरिएको छ ।
प्रिन्सिपल र नेतृत्व विधा तर्फ एभीएस स्कूल ग्वार्को ललितपुरका दीपक राज जोशीलाई ‘प्रिन्सिपल अफ दि इयर’ अवार्ड प्रदान गरियो भने अनन्त इङ्लिस स्कूल ललितपुरका प्रिन्सिपल गोपाल प्रसाद घिमिरेलाई ‘एजुकेशन क्रिएटिभ अवार्ड’, निहारिका पब्लिक स्कूल ललितपुरकी प्रिन्सिपल जमुना महर्जनलाई ‘एजुकेशन इन्जेनियस अवार्ड’, म्यारिगोल्ड इङ्लिस बोर्डिङ स्कूल भक्तपुरका प्रिन्सिपल भुवनलाल श्रेष्ठलाई ‘इन्नोभेटिभ प्रिन्सिपल अवार्ड’ प्रदान गरिएको छ ।
शिक्षालय मासिकले विगत लामो समयदेखि नेपाली शिक्षा क्षेत्रको उन्नयनका लागि निरन्तर योगदान पु¥याउने शिक्षण संस्थाहरू र शिक्षाकर्मीहरूको मनोबल उच्च राख्न हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको शिक्षालय मासिकका प्रधान सम्पादक श्याम तण्डुकारले जानकारी दिए । ।
कार्यक्रम भारत नेपालका शिक्षाकर्मीको उपस्थितिमा विभिन्न शैक्षिक बिषयमा प्यानल डिस्कसन र प्रस्तुतीकरणसहित अन्तर्राष्ट्रिय कन्क्लेभ समेत आयोजना गरिएको थियो ।