आइतवार, श्रावण २४ गते २०८३

कर्णालीका चार शैक्षिक संस्था काठमाडौंमा सम्मानित

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । कर्णाली प्रदेशका चार वटा विद्यालयलाई सम्मान गरिएको छ । राजधानीमा शनिबार शिक्षालयले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो ।

नेपाल तथा भारतका उच्च शैक्षिक प्रतिष्ठानका प्रतिनिधिको उपस्थितीमा पूर्व राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले सम्मान तथा अवार्ड प्रदान गरेका हुन् । 

कार्यक्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित सिद्धपाइला इङ्लिस मिडियम सेकेन्डरी स्कूलका प्रिन्सिपल नैन सिंह खत्रीलाई ‘एक्सीलेन्स प्रिन्सिपल अवार्ड अफ दि इयर’ पदान गरियो ।

सुर्खेतकै भेरीगङ्गाको देउती विद्या मन्दिर सेकेन्डरी स्कूलका प्रिन्सिपल नोख बहादुर खत्रीलाई ‘डाइनामिक प्रिन्सिपल अवार्ड’ तथा जाजरकोटको श्री एन. पी. फ्रेन्डसिप इङ्लिस स्कूलका प्रिन्सिपल नरबहादुर खड्कालाई ‘एक्सीलेन्स स्कूल अवार्ड’ प्रदान गरिएको थियो । 

सोही कार्यक्रममा रुकुम पश्चिमको विजेश्वरी इङ्लिस मिडियम बोर्डिंग स्कुलका अध्यक्ष अनिता कुमाई भण्डारीलाई गुडवील अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा सर्लाहीको श्रीमती कृष्णदेवी जनता माध्यमिक विद्यालयका युगेश्वर राउतलाई ‘एजुकेशन एलिगेन्स अवार्ड’ तथा प्युठान नगरपालिका वडा नं. ८ को धर्मभक्त प्राविका प्रिन्सिपल बसन्त गिरीलाई ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्रदान गरिएको थियो ।

PHOTO-2026-06-14-09-43-35.jpg
कार्यक्रममा रुकुम पश्चिमको विजेश्वरी इङ्लिस मिडियम बोर्डिंग स्कुलका अध्यक्ष अनिता कुमाई भण्डारी गुडवील अचिभ्मेन्ट अवार्ड ग्रहण गर्दै । 

प्रतिक्रिया
सम्बन्धित समाचार