आइतवार, श्रावण २४ गते २०८३

‘तिम्रै काखमा’: गरिमा र गणेशको छताछुल्ल प्रेम

सोमवार , आश्विन ४, २०७८

काठमाडौं। ‘तिम्रै काखमा’ बोलको गीत सार्वजनिक भएको छ। कुशल राज खड्का स्वर रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो। गीतमा रीता भण्डारीको शब्द तथा मनोज चौलागाईको संगीतमा रहेको छ।

भिडियोमा कलाकार गणेश हमाल र गरिमा शर्माले अभिनय गरेका छन्। गीतमा प्रेम र प्रेमबाट प्राप्त हुने ऊर्जालाई सुमधुर शैलीमा प्रस्तुत गरिएको छ। गीतको म्युजिक भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् भने चक्र बरालको छायांकन तथा अनिल रानाको सम्पादन छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार