काठमाडौं । कानुन अनुसार सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछन् ।
प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन् ।
संघीय सरकारले १५ जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन् । तर, सबैजसो प्रदेशको चालु आवको बजेट कार्यान्वयन अवस्था भने सन्तोषजनक छैन ।
प्रदेश सरकारहरू केन्द्र सरकार जस्तै बजेट खर्च गर्ने सन्दर्भमा कमजोर अवस्थामा देखिन्छन् । बजेट पूर्वसन्ध्यामा बागमती प्रदेश सरकारले आर्थिक सर्वेक्षण २०८२\८३ सार्वजनिक गरेको छ ।