सोमवार, श्रावण २५ गते २०८३

यसअघि विवादमा तानिएका मन्त्री लम्सालले फेरि भने–ठेकेदारको खुट्टा भाँचिदिनू, मतलब भएन

सोमवार , आषाढ १, २०८३

काठमाडौं । यसअघि पनि निर्माण व्यवसायीलाई प्रहरी लगाएर पक्राउ गरेपछि विवादमा तानिएका पूर्वाधार विकास मन्त्री सुनिल फेरि विवादमा तानिएका छन् । 

आइतबार उनले  नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा बिजुलीको पोल नसार्ने ठेकेदारको ’खुट्टा भाँच्न’ निर्देशन दिएका छन् । उनले निर्देशन दिएको भिडियो भाइरल भएपछि सामाजिक सञ्जाबाट सकारात्मक र नकारात्मक दुवै प्रकारका टिप्पणी आएका छन् ।

तर मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम नगर्ने ठेकेदारको भनी सार्वजनिक रूपमा निर्देशन दिनुलाई धेरैले नकारात्मक प्रतिक्रिया जनाएका छन् । 

उनले यस्तो निर्देशन दिँदा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय र प्रहरी उपरीक्षक सुमित खड्का अगाडि नै थिए ।

मन्त्री लम्सालले यसअघि पनि निर्माण व्यवसायीमाथि विवादास्पद काम गरेका छन्। उनले नै निर्माण व्यवसायी रमेश शर्मा र पिताम्बर बडूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली लगाएर नियन्त्रणमा लिएका थिए । यो विषयमा मन्त्रालयले पछि उनीहरूलाई छाडेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार