आइतवार, श्रावण २४ गते २०८३

सरकारलाई सुकुम्बासीको अल्टिमेटम

सोमवार , आषाढ १, २०८३

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डोजर चलाएर विस्थापित पारेका सुकुम्बासीहरूले उचित व्यवस्थापनको निम्ति एक साताको अल्टिमेटम दिएका छन्।

एक साताभित्र सम्मानजनक भूस्वामित्वसहित पुनर्वास र उचित क्षतिपूर्ति नदिए घरटहरा भत्काइएका पुरानै ठाउँमा फर्किने चेतावनी पनि उनीहरूले दिएका छन्।

कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरूले प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरूङ लगायत होल्डिङ सेन्टर अनुगमनमा आएका सांसदहरूका नाममा सोमबार ज्ञापनपत्र जारी गर्दै यस्तो अल्टिमेटम दिएका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार