आइतवार, श्रावण २४ गते २०८३

कांग्रेसका उपसभापति विश्वप्रकाशले प्रधानमन्त्री शाहलाई भनेः आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्

सोमवार , आषाढ १, २०८३

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएपछि उपसभापति शर्माले प्रधानमन्त्री शाहलाई आफ्ना मन्त्रीको बोलीमा लगाम लगाउन आग्रह गरेका हुन्।

आइतबार नागढुंगा–मुग्लिन सडक खण्डको निरीक्षण गर्न पुगेका लम्साललाई स्थानीयले बिजुलीको पोल नसार्दा समस्या भएको गुनासो गरेपछि काम नगर्नेहरुको मतलत नै नगरी खुट्टा भाँचिदिन भनेका थिए।

कैलालीमा एक महिलाको ट्याम्पो भीरबाट खसालिएको, सिरहामा परीक्षा हलमा भेटिएका मोबाइल निष्ट गरिएको र अहिले फेरि मन्त्रीले खुट्टा भाँच्न निर्देशन दिएको भन्दै उपसभापति शर्माले समाज कतातिर जाँदै छ भनेर प्रधानमन्त्री शाहलाई प्रश्न गरेका छन्।

उपसभापति शर्माले सामाजिक सञ्जालमा भनेका छन्,’सम्माननीय प्रधानमन्त्रीज्यू समाज कता जाँदै छ? यहाँलाई सोधौँ लाग्छ तर यहाँले पनि चुनावकै बेला के भन्नुभएको थियो भने यदि बाटो निर्माण गर्न ढिलो भयो भने रुखमा बाँधेर समाधान गर्नुपर्छ। म सम्झिन्छु प्रधानमन्त्रीज्यू, एउटा देशको घटना, जहाँ कसैले चोरी गर्‍यो। चोरलाई सजाय दिनलाई दुईटै हात काटियो। के हामी यस्तै समाजतर्फ जाँदैछौँ? यस्तो समाजतर्फ जाँदै छैनौँ भने कम्तीमा आफ्नो मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार