काठमाडौं । श्रम संस्कृत पार्टी नेपालका अध्यक्ष समेत रहेका प्रतिनिधि सभाका सदस्य हर्क साम्पांग राईले प्रधानमन्त्रीको अभिव्यक्ति सटिो सच्याउनुपर्छ भन्ने माग यथावत रहेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै राईले मुलुकलाई निकास दिनुपर्ने समेत उनले बताए ।
प्रधानमन्त्री ज्यू छिटो संसद आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने पनि उनले बताए । साथै, उनले सुनसरीको विभिन्न भूभागमा भूमिहिनको बसोबास रहेको बताउँदै त्यसको तुरुन्तर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।